जनता टाइम्स

६ भाद्र २०८२, शुक्रबार १७:२५

रामेछापमा ब्रह्माकुमारिजद्वारा रक्तदन कार्यक्रम


रामेछाप, भदाै ६ । राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औँ पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको पावन अवसरमा ब्रह्माकुमारिज नेपालले शुक्रबार रामेछाप नगरपालिकामा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा ३० जनाले स्वैच्छिक रूपमा रक्तदान गर्नुभएको छ। ब्रह्माकुमार डा. भरतकुमार श्रेष्ठका अनुसार रक्तदान गर्ने मध्ये २३ जना पुरुष र ७ जना महिला हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग प्रदान गरेको थियो।

रगतको अभाव हुन नदिन दोस्रो चरणको रक्तदान कार्यक्रम आगामी भदौ ८ गते बिहान ७ बजेदेखि मन्थलीस्थित ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रमा सञ्चालन हुने जानकारी उहाँले दिनुभयो।

यस अवसरमा रक्तदानमा सहभागी स्वयंसेवकहरूलाई रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले प्रमाणपत्र वितरण गर्नुभयो।