जनता टाइम्स

७ भाद्र २०८२, शनिबार २०:४९

प्रचण्डलाई जनार्दनले शेषनागसँग तुलना गरे


काठमाडौं, ७ भदौ ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै शेषनागको कथा दन्तकथा भएको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शेषनागले पृथ्वी कहीँ पनि नबोकेको जिकिर गर्नुभयो । शेषनागले पृथ्वी बोकेको कुरा दन्तकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिनुभयो।

उहाँले विज्ञानले पृथ्वी किन हल्लिन्छ भन्ने अर्को पुष्टि गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन, शेषनागले पृथ्वी बोकेको पनि हुँदैन, त्यो त दन्तकथा हो, शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्तकथा हो, आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो, त्यसकारण यो पृथ्वी चल्छ, केही ढल्दैन ।’