जनता टाइम्स

८ भाद्र २०८२, आईतवार ११:४०

भक्तपुरमा रक्तदान, स्वास्थ्य मन्त्री किरण थापाद्वार शुभारम्भ


भक्तपुर, भदौ ८ ।ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र, नेपाल समाज सेवा प्रभागको आयोजनामा भक्तपुरको गुण्डुमा राजयोगिनी दादी प्रकाशमणि ज्युको १८औँ पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शुभारम्भ गर्नु भएकाे कार्यक्रममा स्थानीय बासिन्दा, युवायुवती, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा ब्रह्मकुमारी परिवारका सदस्यहरूले रक्तदान गर्नु भएकाे थियाे। रक्तदानलाई मानव जीवन रक्षा गर्ने सर्वोत्तम सेवा भन्दै सहभागीहरूले अभियानलाई उत्साहपूर्वक समर्थन जनाएका थिए ।

ब्रह्मकुमारी संस्थाका प्रतिनिधिहरूले दादी प्रकाशमणि ज्युले देखाउनुभएको त्याग, सेवा र आत्मज्ञानको मार्गलाई समाजमा फैलाउने उद्देश्यसहित रक्तदान अभियानको आयोजना गरिएको बताउनुभयाे। उहाँहरुले रगत दान केवल सेवा होइन, जीवनलाई अर्थपूर्ण बनाउन सकिने महत्त्वपूर्ण कार्य भएकाे बताउनुभयाे ।

कायर्यक्रममा बाेल्दै मन्त्री थापाले रक्दान सबै कर्म मध्येकाे उत्तम कर्म भएकाे बताउनुभयाे । रक्दानले मानिसकाे जीवन बताउने भएकाेले यसकाे विशेष महत्व भएकाे उहाँले स्पष्ट पार्नुभयाे ।

कार्यक्रममार्फत सङ्कलित रक्त नेपाल रेडक्रस सोसाइटीमार्फत बिरामीलाई उपलब्ध गराइने जनाइएको छ । आयोजक संस्थाले भविष्यमा पनि सामाजिक उत्तरदायित्वअनुरूप यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।