जनता टाइम्स

८ भाद्र २०८२, आईतवार १९:२३

एमाले सुनसरी अध्यक्षमा परशुराम यादव चयन


काठमाडौं, ८ भदौ । नेकपा (एमाले) सुनसरी अध्यक्षमा परशुराम यादव चयन हुनुभएको छ । आइतबार बसेको जिल्ला कमिटीको छैठौं बैठकले यसअघि कार्यवाहक अध्यक्ष तोकिएका यादवलाई अध्यक्ष चयन गरेको हो। २०८१ जेठ २४ गते जिल्ला अध्यक्ष निलम खनालको निधन भएपछि पद रिक्त थियो। यादव कार्यवाहक अध्यक्ष तोकिनुभएको थियो । खनाल २०८१ जेठ ५ देखि ७ गतेसम्म भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यादव यसअघि उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।