काठमाडौं, भदौ ९ । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले नेताहरू काठमाडौंमा बसेर पार्टी नबन्ने बताउनुभएको छ ।
सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले पार्टी बनाउन गाउँ गाउँमा जनताको माझमा पुग्नु पर्ने बताउनुभयो । ’नेता जति म जति पट आउँछु सबै यहीँ, काठमाडौं भित्र एकीकृत समाजवादीका नेता हुनुहुन्छ, यस्तो भएपछि तल त नेता हुनुहुन्न’, उहाँले भन्नुभयो ।
केही समय अघि सो पार्टीमा आउनु भएका गौतमले आफूले जनताको बिचमा जाने जिम्मेवारी खोजेको बताउनुभयो । ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ, जनतामा सिधै जाने के हुन सक्छ, समाजवादी पार्टीमा के छ कस्तो छ त्यो त मलाई थाहा छैन’, उहाँले भन्नुभयो ।
यस्तै उनले कम्युनिष्ट पार्टीका सदस्यले जिम्मेवारी वहन गर्न नसक्ने भए त्यो नक्कली कम्युनिष्ट हुने बताउनुभयो । ती नक्कली कम्युनिष्ट एकीकृत समाजवादीमा पनि हुनसक्ने बताउनुभयो । जनताको बिचमा गएर आफ्नो पार्टीको नीति, विचार र सिद्धान्तको प्रचार गर्ने मान्छे मात्र कम्युनिष्ट हुने उहाँको भनाइ छ ।
एकीकृत समाजवादी नेतै नेताको पार्टी भएको बताउँदै उहाँले जनतालाई प्रेरित गर्ने र जनताको बिचमा काम गर्ने नेता नपुगेका गौतमको भनाइ छ । त्यसका लागि आफू जनतासम्म जाने उहाँको भनाइ छ । आफू तल जाँदा अन्य नेताहरू पनि सँगै जान बाध्य हुने र त्यसले पार्टी बन्ने उहाँको भनाइ छ । यसरी काम गर्दा २०८४ को निर्वाचनमा २० लाख मत एकीकृत समाजवादीले ल्याउने सक्ने गौतमको दाबी छ ।













प्रतिक्रिया दिनुहोस्