काठमाडौं, १० भदौ । सरकारले २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने तयारी गरेको छ ।
सेवाग्राहीको हैरानी अन्त्य गर्नको लागि गृहमन्त्री रमेश लेखकले कार्यालय थप्नेबारे अध्ययन गर्न कार्यदल गठन गर्नुभएको थियो ।कार्यदलको प्रतिबेदन अनुसार २३ वटा इलाका प्रशासन कार्यालय थप गर्ने प्रस्ताव हिजोको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रशासन समितिमा पठाएको छ ।
मन्त्रिपरिषद्बाट पठाएको प्रस्तावमा प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउने गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले आन्तरिक स्रोत व्यवस्थापन गरेर तराईदेखि उच्च हिमाली भेगसम्म इलाका प्रशासन कार्यालय थप गर्नुपर्नेमा जोड दिनुभएको छ ।
थप गर्न लागिएका इलका प्रशासन कार्यालयहरु:
१. इलाका प्रशासन कार्यालय सिरिजंगा–ताप्लेजुङ्ग
२.इलाका प्रशासन कार्यालय हलेसी–खोटाङ्ग
३.इलाका प्रशासन कार्यालय घोराखोरी–ओखलढुंगा
४. इलाका प्रशासन कार्यालय सुखिपुर–सिरहा
५. इलाका प्रशासन कार्यालय धनुषाधाम–धनुषा
६. इलाका प्रशासन कार्यालय वलरा–सर्लाही
७.इलाका प्रशासन कार्यालय पोखरिया–पर्सा
८. इलाका प्रशासन कार्यालय दुधौली–सिन्धुली
९. इलाका प्रशासन कार्यालय टोखा–काठमाडौं
१०.इलाका प्रशासन कार्यालय धो–डोल्पा
११. इलाका प्रशासन कार्यालय खत्याड–मुगु
१२. इलाका प्रशासन कार्यालय रास्कोट–कालिकोट
१३. इलाका प्रशासन कार्यालय कोल्टी–बाजुरा
१४. इलाका प्रशासन कार्यालय देउरा–बझाङ्ग
१५. इलाका प्रशासन कार्यालय साफेबगर–अछाम
१६. इलाका प्रशासन कार्यालय विपिनगर–डोटी
१७. इलाका प्रशासन कार्यालय गोकुलेश्वर–दार्चुला
१८. इलाका प्रशासन कार्यालय मेलौली–बैतडी
१९. इलाका प्रशासन कार्यालय हेदङ्गवा–संखुवासभा
२०. इलाका प्रशासन कार्यालय गैडहवा–रुपन्देही
२१. इलाका प्रशासन कार्यालय भिमाद–तनहुँ
२२. इलाका प्रशासन कार्यालय सितगंगा–अर्घाखाँची
२३. इलाका प्रशासन कार्यालय खैरहनी–चितवन













प्रतिक्रिया दिनुहोस्