काठमाडौं, भदाै १० । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि उहाँ सभापतिमा निर्विरोध निर्वाचित हनुभएकाे हाे । उहाँले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर उम्मेदवार दर्ता गराउनुभएकाे थियाे ।
पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिनुभएकी न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिनुभएकाे थियाे। एकल उम्मेदवारी परेपछि भोलि दिउँसो ३ बजे बस्ने बैठकले सर्वसम्मत निर्वाचित भएको घोषणा गर्नेछ।
समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो।













प्रतिक्रिया दिनुहोस्