जनता टाइम्स

११ भाद्र २०८२, बुधबार १७:१६

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरीदेवी न्यौपानेद्वारा शपथ ग्रहण 


काठमाडौं, भदाै ११। प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले उहाँलाई शपथ दिलाउनुभएको हो।

शपथ ग्रहण समारोहमा गृहमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, युवा तथा खेलकुद मन्त्री, रक्षा मन्त्री, प्रतिपक्षी दलका नेता, संसदीय दलका नेता, मुख्य सचेतक, विभिन्न समितिका सभापतिहरूसहित उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

समिति सभापतिका लागि अरू कसैको उम्मेदवारी नपरेपछि नेपाली कांग्रेसकी सांसद न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको हो।