जनता टाइम्स

११ भाद्र २०८२, बुधबार २१:२४

रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडे पक्राउ


काठमाडौं, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा.अरनिको पाँडे पक्राउ पर्नुभएको छ । एक जना महिलालाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा उहाँ पक्राउ पर्नुभएको हो ।

महिलाले उजुरी दिएपछि पक्राउ गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले जानकारी दिनुभएको छ । अदालतबाट आज पक्राउ पुर्जी जारी भएपछि साँझ पक्राउ गरिएको र भोलि म्याद थपका लागि अदालतमा लगिने उहाँले बताउनुभयो ।

वातावरणविद पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको थियो । उहाँ रास्वपा सरकारमा रहेको बेलामा २०८० सालमा राष्ट्रिय योजना आयोगको सदस्य समेत बन्नुभएको थियो ।