अछाम, भदौ १३ । अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।
पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का गोरे भण्डारीकी सात वर्षीया छोरी कविता भण्डारीको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरू छाउगोठमा सुतेका बेला भीरबाट खसेको ढुङ्गाले किच्दा घटनास्थलमै मृत्यु भएको हो । सोही घटनामा कविताकी आमा घाइते हुनुभएकाे छ। उहाँलाई उपचारका लागि नजिकैको स्वास्थ्यचौकी पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलतर्फ प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्