काठमाडौँ, १३ भदौ । नेकपा (एमाले) को ऐतिहासिक दोस्रो विधान महाधिवेशनको तयारी स्वरूप आज केन्द्रीय जनसंगठन समन्वय संयन्त्रको बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न बैठकमा संयन्त्रका संयोजक भानुभक्त ढकालले अहिलेसम्मको काम र बाँकी तयारीका बारेमा ब्रिफिङ गर्नुभएको छ । उहाँले आसन्न दोस्रो विधान महाधिवेशनलाई लक्षित गर्दै जनसंगठनहरूको सक्रिय भूमिका सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
बैठकमा महाधिवेशनलाई सफल बनाउन संगठनात्मक तयारी, प्रचार–प्रसार, मिडिया सेन्टर स्थापना, स्वयम् सेवक व्यवस्थापन, सबै जनसंगठनहरूको व्यापक सहभागिताका विषयमा विस्तृत छलफल गरिएको संयोजक ढकालले जानकारी दिनुभयो।
संयोजक ढकालले पार्टीको विधान महाधिवेशन एमालेको नीति र संगठनात्मक यात्रामा महत्त्वपूर्ण मोड भएको भन्दै सबै जनसंगठनका प्रतिनिधिहरूलाई सक्रिय र जिम्मेवार भूमिकामा रहन आह्वान गर्नुभएको छ । बैठकमा जनसंगठनका इञ्चार्ज र अध्यक्षहरूको सहभागिता थियो ।




















प्रतिक्रिया दिनुहोस्