काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत विशेष भेटवार्ता हुने भएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले पुटिनसँगको भेट नेपालका लागि कूटनीतिक दृष्टिले ऐतिहासिक अवसर हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले शनिबारदेखि शुरू हुने पाँच दिने औपचारिक भ्रमणअन्तर्गत पहिलो चरणमा तियानजिन पुग्ने र त्यहाँ शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिनुभयो । उहाँले नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदारको रूपमा आबद्ध हुँदै आएको र यसपटक सम्मेलनमा नेपालको स्पष्ट दृष्टिकोण राख्ने तयारी गरिएको प्रष्ट पार्नुभयो । समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा नेपालको अडान प्रस्तुत गर्ने भन्दै ओलीले राष्ट्रिय हित प्रवर्द्धन आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता हुने र चीनका उपराष्ट्रपति हान झेङसँग पनि बेइजिङमा भेटघाट हुने जानकारी संसद्लाई दिनुभयो ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पुटिनसँग भेट्ने













प्रतिक्रिया दिनुहोस्