काठमाडौं, १३ भदौ । यसै वर्ष सरकारले संयुक्त राष्ट्रसंघलाई पठाएको एउटा दस्तावेजमा नेपालको कालापानी र लिम्पियाधुरा पनि समेटेको नक्सा राखेको पाइएको छ ।जनवरी महिनामा सरकारले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (युएनएचसीआर) अन्तर्गतको ट्रिटी बडीलाई पठाएको ‘कमन कोर’ दस्तावेजमा नेपालको अद्यावधिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समेटिएको देखिएको हो । सो दस्तावेजमा नेपालको कुल क्षेत्रफल एक लाख ४८ हजार ७ वर्गकिलोमिटर रहेको उल्लेख छ । त्यसअघि सन् १९९४ जुन १४ (वि.सं. २०५१ जेठ ३१) मा पनि नेपालले यस्तै दस्तावेज पठाएको थियो ।
त्यसबेला नेपालका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। गिरिजाको पालामा उक्त दस्तावजेमा नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर रहेको उल्लेख गरिएको थियो । सन् १९९४ मा नेपालले पठाएको कोर डकुमेन्टमा देशको क्षेत्रफलबारे उल्लेखित विवरण ।

काङ्ग्रेसकै सभापति शेरबहादुर देउवाकी पत्नी तथा नेतृ आरजु राणा देउवा परराष्ट्रमन्त्री रहँदा पेश गरिएको नयाँ कमन कोर डकुमेन्टमा लिम्पियाधुरा समेतको क्षेत्रफल र सो भूभाग समेटिएको नक्सा राखेर राष्ट्र सङ्घमा पठाइएको हो ।













प्रतिक्रिया दिनुहोस्