जनता टाइम्स

१४ भाद्र २०८२, शनिबार ०९:०१

कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको ज्यान गयो


काठमाडौं, १४ भदौ ।  भरतपुरमा आज बिहान भएको सडक दुर्घटनामा एक जना डाक्टरको ज्यान गएको छ । बा१५च ४६९३ नम्बरको कार बिहान १ः३० बजे भरतपुर महानगरपालिका–१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गर्दा अनियन्त्रित भई रुखमा ठोक्किएको थियो ।

दुर्घटनामा चालक डा. विप्लव भट्ट गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको भए पनि बचाउन सकिएन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार भट्टको निधन उपचारकै क्रममा भएको हो ।