भैरहवा, १४ भदौ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानको निधन भएको छ। वडानम्बर २ का अध्यक्ष ईनामुल्लाह फकिरका अनुसार शनिबार बिहान स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि भैरहवा लैजाने क्रममा निधन भएको हो। धार्मिक परम्परा अनुसार शवको अन्त्यष्टि लुम्बिनीमा गरिने बताइएको छ। उहाँ नेपाली कांग्रेसबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
लुम्बिनीका नगर प्रमुख सजरुद्दीन मुसलमानको निधन












प्रतिक्रिया दिनुहोस्