काठमाडौं, १४ भदौ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महागर प्रहरीलाई व्यक्तिको प्रतिनिधि नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिनुभएको छ ।
३३ औँ महानगर प्रहरी दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपमेयर उपमेयर ढंगोलले यस्तो सुझाव दिनुभएको हो । महानगर प्रहरी मेयर बालेन्द्र साहको निर्देशनअनुसार मात्रै चल्ने गरेकोप्रति लक्षित गर्दै उहाँले फिल्डमा खटिँदा व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर खटिन आग्रह गर्नुभयो ।
उहाँले कानुनी शासनको प्रतिनिधित्व गर्ने कुराको मानक स्थापना गर्नुपर्ने बताउनुभयो । ‘सदैव यहाँहरूले बर्दी लगाएर फिल्डमा गइरहनु हुँदाखेरी म कोही व्यक्तिको प्रतिनिधित्व होइन, म संस्थाको प्रतिनिधित्व गर्छु’, उहाँले भन्नुभयो, ‘म कानुनी शासनको प्रतिनिधित्व गर्छु भन्ने कुरा स्थापित गर्न सक्नुहोस्, यो शुभकामना छ, यहाँहरू सबै जनालाई।’
उहाँले काठमाडौँ महानगरपालिकामा सुशासन स्थापना गर्नको लागी उदाहरण बन्नको लागि पनि सबै नगर प्रहरीलाई आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्