दोलखा, भदौ १४ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन (भदाै २०–२२) मा दोलखाबाट सहभागी हुने प्रतिनिधिहरूकाे चरिकोटमा छलफल भएको छ।
छलफलमा दोलखाबाट २४ जना प्रतिनिधिहरूले विधान महाधिवेशनमा भाग लिन लागेको जानकारी दिइएको थियो। सहभागीहरूले पार्टीलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यसहित दोलखाबाट एकताबद्ध र सक्रिय रूपमा महाधिवेशनमा सहभागिता जनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको पार्टी उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रतिनिधिहरूले विधान र नीतिहरूमा दोलखा जिल्ला कमिटीबाट पठाइएका सुझावहरू सम्बोधन गर्न सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं दोलखा जिल्ला इञ्चार्ज पार्वत गुरुङ, वाग्मती प्रदेश कमिटीका नेताहरू, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, उपाध्यक्ष राजेन्द्र मानन्धर लगायतका पार्टीका जिल्ला पदाधिकारी तथा नेताहरूको उपस्थिति थियो।
आगामी विधान महाधिवेशनमा दोलखाबाट एकताबद्ध सहभागिता र पार्टीको मजबुत राष्ट्रिय नेतृत्व निर्माणमा योगदान पुर्याउने गुरुङले विश्वास व्यक्त गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्