काठमाडौं, १७ भदौ । अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग लिखित जवाफ माग गरेको छ।सामाजिक सञ्जालमार्फत अदालतको अवहेलना जन्य कार्य गरेको भन्दै आयुष दाहालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासले श्रेष्ठसँग लिखित जवाफ माग गरेको हो । श्रेष्ठले भदौ ६ गते फेसबुकमा भनसुन र घुस बिना अदालतबाट न्याय नपाइने भन्दै टिप्पणी गरेका थिए। उक्त टिप्पणीले अदालतलको अवहेलना गरेको दाहालको दाबी छ।
लिखित जवाफ पेश गर्न नारायणकाजीलाई सर्वोच्चको आदेश













प्रतिक्रिया दिनुहोस्