जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार ०९:२३

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना


काठमाडौं, १८ भदौ ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ अस्वस्थ भएर अस्पताल भर्ना हुनुभएको छ ।

छाती दुख्ने समस्यापछि उहाँलाई काठमाडौंको बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना गरेर उपचार थालिएको हो ।अध्यक्ष श्रेष्ठ पहिल्यैदेखि मुटुको बिरामी हुनुहुन्थ्यो ।

गत वर्ष उहाँको मुटुको शल्यक्रियासमेत गरिएको थियो । पुनः स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । अहिले भने स्वास्थ्यमा क्रमिक सुधार देखिएको श्रेष्ठको सचिवालयले जनाएको छ ।