काठमाडौं, भदौ १८। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राजनीतिक चरित्र र पार्टीभित्रको व्यवहारबारे फेसबुकमार्फत धारणा सार्वजनिक गर्नुभएको छ।
बाँस्कोटाले आफ्नो स्ट्याटसमा एमाले वरिष्ठ नेता प्रदीप ज्ञवालीले उठाएको प्रसङ्गको प्रशंसा गर्दै, आफूले पनि त्यस्तै कुरा उठाउँदा पार्टीभित्र आलोचनाको सामना गर्नुपरेको उल्लेख गर्नुभएको छ। उहाँले ‘मैले पनि यस्तै कुरा उठाएँ, तर पार्टीमा दिन हैन, लिन आएका नव गणेश र गैरवामपन्थी चरित्रका पत्कर उचालेर लगातार प्रहार गरियो’ भन्दै आक्रोश पोख्नुभएको छ।
नेता बाँस्कोटाले पार्टीका नेताले तथ्यका आधारमा कुरा गर्ने हो भने त्यसले केही सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले राजनीतिलाई स्थायित्वसँग जोड्दै ‘राजनीतिले पिरती हरेक वसन्तमा झर्ने पातसित हैन, रुखको जरासित लाउनु पर्छ’ भन्नुभएको छ।
उहाँले लेख्नु भएको छ, ‘कमरेड प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनु भएछ,धन्यवाद, मैले पनि यस्तै कुरा उठाए,तर पार्टीमा दिन हैन, लिन आएका नव गणेश र गैरवामपन्थी चरित्रका पत्कर उचालेर लगातार प्रहार गरियो, नेताले तथ्य बोलेपछि केही राम्रो होला,राजनीतिले पिरती हरेक वसन्तमा झर्ने पातसित हैन,रुखको जरासित लाउनु पर्छ।’













प्रतिक्रिया दिनुहोस्