रामेछाप, भदौ १९ । वर्षाको कारण सडक अवरुद्ध भएपछि रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ का वडाध्यक्ष शिवप्रसाद न्यौपानेको व्यक्तिगत खर्च र स्थानीयको श्रमदानबाट सडक मर्मत गरिएको छ ।
सो वडाको खिम्तिबाट गैरी हुँदै गाउँपालिकाको केन्द्र धोबी जाने खिम्ति–धोबी सडकको सिमलडाँडा क्षेत्रमा सडक बिग्रिएपछि यातायात साधन अवरुद्ध भएका थिए । सडकमा यातायात साधन नगुडेर स्थानीयलाई आवागमनमा असजिलो भएपछि आफ्नो व्यक्तिगत खर्चमा ट्याक्टरलाई भाडा तिरेर ढुङ्गा ओसार्न लगाएको वडाध्यक्ष न्यौपानेले बताउनुभयो ।
ट्याक्टर लगाएर ढुङ्गा ल्याएपछि स्थानीयले ज्येष्ठ नागरिक गगनराज श्रेष्ठको नेतृत्वमा गाउँका युवाहरूले सडकमा सोलिङ गरी बाटो मर्मत गर्नुभएको थियो । अप्ठेरो ठाउँमा सडक मर्मत गरेपछि अब खिम्तिबाट गैरीसम्म यातायात साधन चल्ने वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्