काठमाडौं, भदौ १९। नेपाल प्रहरीका नवनियुक्त प्रमुख चन्द्रकुवेर खापुङले आजदेखि प्रहरीको कमाण्ड सम्हाल्नु भएको छ ।
गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले खापुङलाई आइजिपीको दर्ज्यानी चिन्ह र फुली लगाइदिए पछि उहाँले कमाण्ड सम्हाल्नु भएको हो।
नेपाल प्रहरीका पूर्व प्रमुख दीपक थापाले हिजो मध्यरातबाट अवकाश पाएसँगै खापुङले प्रहरी नेतृत्व सम्हाल्नु भएको हो । खापुङलाई नेपाल प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।
समारोहमा उच्च प्रहरी अधिकारी र गृह मन्त्रालयका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।













प्रतिक्रिया दिनुहोस्