जनता टाइम्स

१९ भदौ २०८२, बिहिबार २३:३५

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित


काठमाडौं, भदौ १९ । नेपाली कांग्रेस सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिको सभापतिमा निर्विरोध चयन हुनुभएको छ ।

बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारीका लागि समय तोकिएकोमा खतिवडाको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। यसअघि उहाँले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिनुभएको थियो ।

खतिवडाले कुलिङ पिरियड प्रकरणमा मुछिएपछि राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिनुभएको थियो। उहाँले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिको सभापति रहेकी कांग्रेस सांसद ईश्वरी न्यौपाने राज्य व्यवस्था समितिको सभापतिमा चयन हुनुभएको थियो ।

न्यौपानेको स्थानमा खतिवडा सुनुवाइ समितिको सभापति बन्नु भएको छ ।