सिन्धुली, भदौ २० । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक शुक्रबार बिहान ट्रकले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा भुवन भुजेलको मृत्यु भएको छ भने टेकप्रसाद दाहाल घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार, विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ट्रकले बाटोमा हिँडिरहेका भुजेल र दाहाललाई ठक्कर दिएको थियो । दाहाललाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ठक्करपछि ट्रकले नियन्त्रण गुमाएर सडक किनारको घरमा ठोक्किँदा घरमा गारो ढलेको छ र घरपालुवा २० वटा पन्छी मरेका छन् । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













प्रतिक्रिया दिनुहोस्