काठमाडौं, भदौ २२ । सत्तारुढ दल नेपाली कांग्रेसले कानुन नबनाइँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने निकालेको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी कानुन बन्ने क्रममा रहेकाेले तत्काल कडाइ गरिहाल्न नहुने निष्कर्ष निकालेकाे छ ।
बैठकले सरकारसँग छलफल गरी सामाजिक सञ्जाल बन्दसम्बन्धी वैकल्पिक उपाय खोज्ने निर्णय पनि गरेको छ। नेपालमा दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्दा देखा परेका समस्यालाई हेरेर कांग्रेसले यस्तो निर्णय गरेको हाे ।













प्रतिक्रिया दिनुहोस्