जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार २१:४८

एमाले निर्वाचन आयोगको अध्यक्षमा पुनः डा. विजय सुब्बा निर्वाचित 


ललितपुर, भदौ २२ । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनले डा. विजय सुब्बाको अध्यक्षतामा नयाँ केन्द्रीय निर्वाचन आयोग सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । आइतबार सम्पन्न पार्टीकाे विधान अधिवेशनले २५ सदस्यीय आयोग गठन गर्दै सुब्बालाई पुनः अध्यक्षमा चयन गरेको हो ।

निर्वाचन आयोगमा सानुराज पोखरेल उपाध्यक्ष र कुन्साङ लामा सचिव निर्वाचित हुनुभएकाे छ । आयोगका सदस्यहरूमा समीर नेपाल, टङ्कप्रसाद उप्रेती, चन्द्रलाल क्याप्छाकी मगर, कृष्ण कुमार आङदेम्बे, काशीचन्द्र बराल, डा. हरिप्रसाद भण्डारी, सूर्यबहादुर शाही, भूराज राई, भरत पोखरेल, हिराचन्द्र केसी, लोकबहादुर थापा, केशव आचार्य, अमनसिंह तामाङ, झविलाल पोखरेल, नर्मदा भण्डारी, विमला विक, अर्चना गहतराज, शर्मिला गुरूङ, नारायणी शर्मा, रचनाराज उपाध्याय, हेमकला गैरे र बिनादेवी शाह चुनिनु भएकाे छ ।

एमाले विधानले पार्टीको आन्तरिक निर्वाचन, नेतृत्व छनोटदेखि संगठनभित्रका विवाद समाधानका प्रक्रियामा निर्वाचन आयोगलाई जिम्मेवारी दिएको छ । त्यसैले अधिवेशनमार्फत सर्वसम्मत रूपमा नयाँ आयोग गठनलाई महत्त्वपूर्ण मानिएको छ ।