जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार २२:०१

एमालेलेले झण्डाकाे लोगोमा  गर्याे रंग परिवर्तन, हँसिया–हथौडामा रातो पृष्ठभूमि र सुनौलो रङ्ग 


ललितपुर, भदौ २२ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षे इतिहासमा पहिलो पटक नेकपा (एमाले) ले आफ्नो लोगोमा रहेको हँसिया–हथौडाको रङ्ग परिवर्तन गर्ने निर्णय गरेको छ ।

आइतबार सम्पन्न दोस्रो विधान महाधिवेशनले हँसिया–हथौडालाई सुनौलो रङ्गमा र लोगोको पृष्ठभूमि रातो रङ्गमा गर्ने निर्णय गरेको हो ।

यसअघि एमालेको लोगोमा सेतो रङ्गको हँसिया–हथौडा प्रयोग हुँदै आएको थियो । विधान महाधिवेशनले यसलाई परिमार्जन गर्दै आगामी दिनमा पार्टीको सबै आधिकारिक लोगोमा नयाँ स्वरूप प्रयोग गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

पार्टी नेतृत्वका अनुसार ‘रातो पृष्ठभूमि’ क्रान्ति र संघर्षको प्रतीक मानिएको छ भने ‘सुनौलो हँसिया–हथौडा’ समृद्धि र उज्यालो भविष्यको सङ्केत स्वरूप राखिएको हो । यस निर्णयलाई पार्टीको पहिचानमा ऐतिहासिक परिवर्तनका रूपमा लिइएको छ ।