जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार १३:३४

कान्तिपुर टिभीका पत्रकार श्रेष्ठलाई रबरको गोली लाग्यो


काठमाडौं, २३ भदौ ।  नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते हुनुभएकाे छ। जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा रबरको गोली लागेको हो ।

प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताउनुभयो ।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवन भित्रै प्रवेश गरेको थियो । उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो ।