काठमाडौं, भदौ २३। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद् बैठक बसिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँले टेलिफोन गरेर सामाजिक सञ्जाल पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ।
कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले गत बिहीबारदेखि बन्द गरिएका सामाजिक सञ्जाललाई सरकारले पुनः सञ्चालनमा ल्याउनुपर्ने निर्णय गरे लगत्तै सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गर्नुभएको हो।
सभापति देउवाले सरकारले चाँडै सामाजिक सञ्जाललाई पूर्वस्थितिमा ल्याउनुपर्ने माग राख्नुभएको हो।













प्रतिक्रिया दिनुहोस्