जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १०:४०

प्रहरी दमनमा मौन रहेको आरोपपछि राष्ट्रिय मानव अधिकार आयोग आकस्मिक बैठकमा


काठमाडौं, २४ भदौ। युवा प्रदर्शनकारीमाथि प्रहरीको चर्को बल प्रयोगमा मौन रहेको भनी चौतर्फी आलोचना खेपेपछि राष्ट्रिय मानव अधिकार आयोगले आकस्मिक रुपमा पदाधिकारीहरूको बैठक डाकेको छ ।

आयोग सम्वद्ध स्रोतका अनुसार, गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनामा आयोग मौन रहेको भनी चौतर्फी आलोचना आएपछि कर्मचारीहरूले समेत आयोगका पदाधिकारीहरूलाई दबाव दिएका थिए ।

त्यसपछि आयोगका अध्यक्ष तपबहादुर मगरले बिहान १० बजे आकस्मिक रुपमा बैठक डाकेका हुन् ।

सोमबारको प्रदर्शनपछि राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति निकालेको थियो । तर प्रदर्शनमा भएको चर्को दमनमा मौन रहेको आयोगले प्रदर्शनलाई संयमित बनाउन आन्दोलनकारीहरूलाई आग्रह गरेको थियो ।