काठमाडौं, भदौ २४ । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिनु भएको छ । ‘जेन जि’ आन्दोलनप्रति समर्थन र सरकार तथा प्रशासनद्वारा भएको दमनको विरोधस्वरूप उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नु भएको हो ।
उक्त आन्दोलनमा सोमबार १९ जनाले ज्यान गुमाएपछि सरकारमा बसिरहन उपयुक्त नहुने निष्कर्षमा पुग्दै मन्त्री यादवले आफ्नो पदत्याग गर्नुभएको हो ।उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘प्रिय युवा दाजुभाइ तथा दिदीबहिनीहरु, तपाईँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका स्रोत हुनुहुन्छ । हिजो जेन जि युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु, हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सही मार्गदर्शन गर्न र सहयोग गर्न अपिल गर्दछु ।’
युवापुस्ताको आन्दोलन र त्यसप्रति भएको दमनले मुलुकभर राजनीतिक तरंग उत्पन्न भएको बेला सरकारका मन्त्रीहरले धमाधम राजीनामा दिन लागेका छन् ।













प्रतिक्रिया दिनुहोस्