काठमाडौं, भदौ २४ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष सुजन कडरियाले अध्यक्ष पदबाट राजीनामा दिनु भएको छ।
उहाँले राजीनामा सन्देशमा जेनजी प्रदर्शनमा १९ जना युवा मारिएको साेमबारकाे दिनलाई आफ्नो जीवनको “कालो दिन” रहेको उल्लेख गर्दै विद्यार्थी राजनीतिको विफलता महसुस भएपछि पदबाट हट्ने निर्णय गरेको बताउनुभएको छ। सन्देशमा अध्यक्ष कडरियाले लेख्नु भएको छ, ‘विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेनन्, त्यसैले समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल भएको महसुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको छु ।’
उहाँले अब आफू स्वतन्त्र भएर जनताको सेवामा लाग्ने बताउनुभएको छ । ‘जनताको सेवामा निरन्तर लाग्ने छु, यतिबेला सरकारले जनताको भावना विपरीत आन्दोलनलाई दबाउन खोजिरहेको प्रज्ञाभुती भएको छ, यसको नतिजा भयावह हुनेछ’, उहाँले लेख्नु भएको छ ।
उहाँले लेख्नु भएको छ, ‘अब म नेपाल आमाको सेवामा स्वतन्त्र चिकित्सकको रूपमा घाइतेहरूको उपचारमा खटिने छु, देश भन्दा माथि कुनै संगठन हुँदैन, घाइतेहरूको सेवामा समर्पित हुनेछु ।’













प्रतिक्रिया दिनुहोस्