जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १४:०४

सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, तोडफोड र आगजनी


काठमाडौं, २४ भदो । प्रदर्शनकारी सिंहदरबारभित्रै पसेका छन् । सुरक्षाकर्मीलाई तितरविरत पार्दै ठूलो संख्यामा प्रदर्शनकारी सिंहदरबारभित्र छिरेका हुन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले मन्त्रालयहरूमा छिरेर तोडफोड तथा आगजनी गरेका छन् ।