काठमाडौं, भदौ २४। जेनजी आन्दोलनमा १९ जना युवाको मृत्यु भएको घटनापछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पनि आगजनी गरेका छन्।
टंगालस्थित अख्तियारको कार्यालयमा आन्दोलनकारीले तोडफोडपछि आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेर थुप्रैको ज्यान गएको घटनापछि आज बिहानैदेखि राजधानी लगायत देशका विभिन्न क्षेत्र आन्दोलित बनेका थिए।
यसअघि सोमबार राजधानीका माइतीघर, नयाँबानेश्वरलगायत क्षेत्रमा भएका प्रदर्शन हिंसात्मक बनेका थिए। प्रहरीसँगको झडपमा कम्तीमा १९ जनाको ज्यान गएको र कैयौँ घाइते भएका थिए।
रातिसम्म पनि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शनकारीहरूको जुलुस र नाराबाजी जारी छ।













प्रतिक्रिया दिनुहोस्