पोखरा, भदाै २४ । जेनजी आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले मंगलबार पोखरास्थित जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेका छन्।
ठूलो सङ्ख्यामा प्रदर्शनकारी एकाएक कार्यालय परिसरभित्र प्रवेश गरेपछि प्रहरीहरू त्यहाँबाट बाहिरिन बाध्य भएका थिए। त्यसपछि आन्दोलनकारीहरूले कार्यालयलाई नियन्त्रणमा लिएर तोडफोड गरेका र अन्ततः आगो लगाइदिएका छन् ।
आगजनीका कारण भवनको भौतिक संरचना र भित्र रहेका सामग्रीमा क्षति पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्