जनता टाइम्स

२५ भाद्र २०८२, बुधबार १०:४०

एमाले महासचिव पोखरेलको आग्रह : ‘धैर्य गरौँ, संयमित बनौँ’


काठमाडौं, भदौ २५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकूल परिस्थितिमा धैर्यता र संयम अपनाउन सबैलाई आग्रह गर्नुभएको छ।

बुधवार सामाजिक सञ्जालमार्फत कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै उहाँले कठिन परिस्थितिमा पनि आशा नत्यागी र संयमित रहनुपर्ने सन्देश दिनुभएको हो। ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्नेछौँ,’ पोखरेलले लेख्नुभएको छ।

जेनजी आन्दोलन तीव्र बनेसँगै मंगलबार एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर बालुवाटार छाडिसक्नुभएको छ। आन्दोलनका क्रममा देशभर एमालेका कार्यालयसहित नेताहरूका घरमा तोडफोड र आगजनी भएका छन् ।