जनता टाइम्स

३० भाद्र २०८२, सोमबार १८:१५

देउवा दम्पत्ति दुवैको गर्धनमा चोट, अझै एक साता अस्पतालमै उपचार

धारिलो हतियार वा सिसाले प्रहार गरेकोजस्तो चोट सभापति देउवाको गर्धनमा रहेको पाइएको छ । यस्तै आरजुको गर्धनलगायत शरिरमा चोट छ भने अनुहारमा मुक्का प्रहार गरेको कारण सुन्निएको छ । निलडाम पनि रहेको छ । भदौ २४ गते सभापति देउवा दम्पतीमाथि आक्रमण र घर, गाडी लगायतमा आगजनी भएको थियो ।

काठमाडौं, भदौ ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा अझै एक साता अस्पतालमै रहनु पर्ने भएको छ ।

जेनजी आन्दोलनको क्रममा घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले गरेको कुटपिटबाट घाइते देउवा दम्पत्ती उपचाररत रहनुपर्ने चिकित्सकहरुले जनाएका हुन । । बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए ।

प्रदर्शनकारीहरूले देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल टिकटक र फेसबुकमा देख्न सकिन्छ । भिडिओहरूमा देखिएअनुसार प्रदर्शनकारीहरू सभापति देउवाको घरभित्र छिरेर कोठामै पुगेर कुटेका थिए ।

तत्कालीन परराष्ट्र मन्त्री आरजुमाथि एक युवाले पछाडिबाट लात्तीले हानेको भिडिओसमेत सामाजिक सञ्जालमा देखिन्छ भने आरजु सम्हालिन नसकेर भुइँमा लडनुभएको थियो । चिकित्सकका अनुसार आक्रमणमा सभापति देउवा र आरजुको शरिरका विभिन्न भागमा चोट छ । सभापति देउवाको गर्धन र ढाडमा चोट रहेको छ ।