रामेछाप, असोज ४ । वाग्मती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले खाँडादेवी विकास कोषसँगको सहकार्यमा खाँडादेवी मन्दिर प्राङ्गण निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शनिबार आयोजना गरिएको आयुर्वेदिक स्वास्थ्य शिविरमा सुगर, प्रेसर लगायतका विभिन्न रोगको जाँच गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको कार्यालयका निमित्त प्रमुख दीपक कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार शिविरमा स्वास्थ्य परीक्षण गर्नुका साथै नेपाल सरकारले निःशुल्क उपलब्ध गराएका २३ थरी औषधीहरू निःशुल्क वितरण गर्नुका साथै बिरामीहरूलाई आवश्यक परामर्श दिइएको थियो ।

जाँचका क्रममा अधिकांशलाई उच्च रक्तचाप र सुगरको समस्या देखिएको उहाँले बताउनुभयो । त्यस्तै ग्यास्ट्रिक, हाड जोर्नी दुख्ने, सरिर झमझमाउने, छालाका विभिन्न रोगका बिरामी पनि शिविरमा आएका उहाँले बताउनुभयाे ।
शिविरमा ७० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो । नागरिकलाई गाउँमा नै गएर स्वास्थ्य सेवा दिन यस्ता शिविरहरु ठाउँ ठाउँमा नियमित रूपमा सञ्चालन गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिनुभयाे।














प्रतिक्रिया दिनुहोस्