भक्तपुर, असोज ४ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारमा भएको आगजनी नेपाली सेनाबाहेक अरु कसैले गर्नै नसक्ने ठोकुवा गर्नुभएको छ ।
ख्वप कलेजले आयोजना गरेको कार्यक्रममा बोल्दै बिजुक्छेले यस्तो ठोकुवा गर्नुभएको हो । उहाँले यस घटनामा अमेरिका र भारतको हस्तक्षेप रहेको र उनीहरूले नेपालीलाई प्रयोग गरेको जिकिरसमेत गर्नुभयो ।
बिजुक्छेका अनुसार, सिंहदरबारमा बाहिरबाट आगजनी सम्भव छैन र यस घटनामा भित्रैबाट संलग्नता भएको छ। ‘हरेक सेना मर्नको लागि तयार हुन्छ, तर अहिले जे भयो त्यो नेपाली युवाहरूले नबुझेका कारण भयो। जे तिनीहरूलाई पढाइएको छ, त्यही गलत भयो,’ बिजुक्छेले भन्नुभयो ।
उहाँले जेन–जी आन्दोलनको नेतृत्वले संविधानको बारेमा नबुझेको र त्यसैले घटनाहरू घटेको बताउनु भयो। राष्ट्रपति रामचन्द्र पौडेलले पनि डरका कारण संविधान विपरीत काम गरेको बिजुक्छेको निश्कर्ष छ ।













प्रतिक्रिया दिनुहोस्