काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति कार्यक्रमको प्राथमिकताअनुसार प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्न मन्त्रीसहित मातहतका सवै पदाधिकारीहरूलाई विशेष निर्देशन दिनुभएको छ । सोमवार बसेको मन्त्रालयहरूको चौमासिक कार्ययोजनाको समीक्षा बैठकमा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री ओलीले प्रगति बिवरण चित्तबुझ्दो नभएको भन्दै आफ्नो कडा असन्तुष्टिसहित सो निर्देशन दिनुभएको हो ।
बैठकमा २४ ओटा मन्त्रालयका सचिवहरूले चौमासिक प्रगति विवरण पेस गरेका थिए । प्रगति बिवरण सुनेपछि प्रधानमन्त्री ओलीले लक्ष्यअनुसारको काम नहुने र अनुदानको रखक दुरुप्योग भइरहेको भन्दै अव त्यसलाई रोक्न निर्देशन दिनुभएको हो । ‘मन्त्रालयहरूको काम घोडा एकातिर, बग्गी अर्कै्तिरजस्तो नीति र बजेट एकातिर व्यवहार अर्कै्तिर हुनुभएन,’ प्रधानमन्त्रीको निर्देशन उधृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाताटाइम्ससँग भन्नुभयो, ‘परिणाम निकाल्ने गरी संघ, प्रदेश, स्थानीय तह सबै मिलेर समन्वयात्मक ढंगले काम अघि बढाउनुपर्छ ।’
बैठकमा प्रधानमन्त्री ओलीले ठेक्का प्रथामा रहेको बेथिति अन्त्य गर्न सम्झौता हुनसाथ सुरुमै २० प्रतिशत मोबिलाइजेसन खर्च दिन नहुने आफ्नो निश्कर्षसमेत सुनाउनु भएको छ । ‘एउटा ठेक्काको सामथ्र्य देखाएर ५० वटा ठेक्का ओगट्न मिल्दैन, त्यसमा सुधार गर्नुपर्छ, ठेक्कामा हुने बेथिति अन्त्यका लागि सुरुमै २० प्रतिशत मोबिलाइजेसन खर्च दिने प्रथा अन्त्य गर्नुस,’ प्रधानमन्त्री ओलीको निर्देशन थियो ।
उहाँले इमान्दारिताका साथ पहल भए विकास निर्माणका ठेक्कामा भइरहेको बेथिति हटाउन सकिने बताउनु भयो । ‘सन् २०१५ मा मैले यस्तै बैठकमा एक वर्षभित्र लोडसेडिङ हटाउनैपर्यो भनेको थिएँ, ऊर्जासचिवले १० वर्षसम्म हटाउन सम्भवै छैन भनेर चर्काचर्का कुरा गर्नुभएको थियो, तर ठ्याक्कै एक वर्ष्भित्र लोडसेडिङ अन्त्य भएरै छाड्यो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसकारण ठेक्कापट्टाका बेथिति पनि हटाएर अघि बढ्नुपर्छ, हटाउनुको विकल्प छैन ।’
बैठकमा प्रधानमन्त्री ओलीले कृषि मन्त्रालय, प्रदेश र स्थानीय तहहरूबाट कृषिका लागि वितरण हुने अनुदान, युवा स्वरोजगारका नाममा भइरहेको खर्चको दुरुपयोग भइरहेको भन्दै १५ दिनभित्र सबै विवरण प्रधानमन्त्री कार्यालयमा पठाउन निर्देशनसमेत दिनुभएको छ ।अनुदानको रकम दुरुपयोग भएको भन्दै प्रधानमन्त्री ओलीले एउटा कथा नै सुनाउनु भयो ।
‘माछापालनका लागि बजेट छुट्याइयो, पोखरी खन्यो, पानी हाल्यो, दाना खुवायो, माछा मर्यो अनि पोखरी पनि पुर्यो । यस्तो हुन्छ अनुदान, हाम्रा अनुदानको रकम यसैगरी सकिएका छन, उपलब्धि शून्य, यस्तै दृष्टान्त यस्तो सुनेको थिएँ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्