काठमाडौं, मंसीर ११ । नेकपा एमालेले नेपाल प्रहरीका महानिरीक्षक अवकाशमा गएलगत्तै स्नाथ हद लगाउने निर्णयप्रति कडा आपत्ति जनाएको छ । प्रधानमन्त्री सुशिला कार्कीले बिहीवार एमालेसँग गर्नुभएको छलफलमा नेताहरूले यस्तो धारणा राख्नुभएको हो ।
प्रधानमन्त्रीको आमन्त्रण स्वीकार गर्दै एमालेले महासचिव शंकर पोखरेल, उपमहासचिवप्रदीप ज्ञवाली र बिघटित प्रतिनिधिसभाका प्रमुख सचेतक केन्द्रीय सदस्य महेश बर्ताैला प्रधानमन्त्री निवास बालुवाटार गएरु छलफल गर्नुभएको हो ।
सो क्रममा एमाले नेताहरुले निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशमा गएको केही क्षणपछि नै जाँचबुझ आयोगको नाममा स्थान हद लगाउने सरकारको निर्णयप्रति एमालेले कडा आपत्ति जनाएको हो ।
सुरक्षा निकायको मनोबल गिराउने र आपराधिक गतिबिधि अघि बढाउने नियोजित उदेश्यका साथ खापुङमाथि पूर्वाग्रह राखिएको ठहर आफूहरुको रहेको एमाले नेताहरुले बताएका छन । निवर्तमान आइजीपी खापुङले कानूनको पक्षमा अडान लिएको र आपराधिक गतिबिधि गर्नेलाई छाडन नहुने अडान राखेकै कारण अवकाशमा जानसाथ आपत्तिजनक हर्कत भएको बताएका हुन ।
‘शान्ति सुरक्षामा खलल पार्ने, सुरक्षा निकायको मनोबल गिराउने काम नियोजित रुपमा भएको अनुभुति निवर्तमान आइजीपीमाथि लगाइएको स्थान हदले प्रष्ट गरेको छ, यस्तो कानूनबिपरितका काम र आपराधिक गतिबिधि गर्नेका मनोबल उकास्ने काम हुन्छ भन्ने प्रष्ट कुरा राखिएको छ,’ छलफलपछि एमाले नेता बर्ताैलाले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्