जनता टाइम्स

७ कार्तिक २०८३, शनिबार ०८:२७

आज त्रयोदशीः दसैँको टीका लगाउने क्रम जारी


काठमाडौं, कात्तिक ७ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा छोरीचेलीका लागि आज पनि दसैँको टीका लगाउने क्रम जारी छ ।

नेपाली समाजका कतिपय ठाउँमा एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद थाप्ने परम्परा रहिआएको छ ।

दसैँको मुख्य दिन घर पुग्न नसकेका छोरीचेली, आफन्त तथा टाढा रहेका परिवारका सदस्यहरू यस अवधिमा टीका थाप्न आउने गर्छन् । त्यसैले विजयादशमीपछि पनि घरघरमा टीका लगाउने र आफन्तसँग भेटघाट गर्ने क्रम जारी रहने गरेको छ ।