काठमाडौं, वैशाख १९। धमाधम नदी किनार आसपासका अतिक्रमित जग्गामा बनेका संरचना हटाइरहेको सरकारले बालाजुस्थित एक विद्यालयमा पनि डोजर चलाएको छ ।शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा धमाधम डोजर चलिरहेको छ ।यसैबीच बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको हो ।यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।सरकारले हिजोदेखि काठमाडौंमा दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको हो ।
पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपास बनेका संरचना हटाइएको थियो ।













प्रतिक्रिया दिनुहोस्