काठमाडौं, भदौ १६ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा फसेका तथा अलपत्र परेका ११ हजार ३७९ जनाको उद्धार गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आएको एक सातापछि पनि ३ हजार ९२५ जना सम्पर्कविहीन छन्। तीमध्ये सबैभन्दा धेरै ६३९ जना विभिन्न जलविद्युत् आयोजनामा कार्यरत रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रमा ९३९ जनाको शव फेला परेको छ।
फेला परेका शवमध्ये रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जना रहेका छन्।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्राधिकरणका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत वितरणको कामलाई निरन्तरता दिइरहेको छ।
बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ। सम्पर्कविहीनहरूको खोजी तथा पहिचानका लागि सुरक्षा निकाय र सम्बन्धित निकायले अभियान जारी राखेका छन्।














प्रतिक्रिया दिनुहोस्