काठमाडौं, १७ भदौ । सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा अहिले मध्यमसम्मको वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका धेरैजसो स्थान तथा बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ ।
कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
गएराति काठमाडौंको विष्णुमती नदीमा बाढी आएको भए पनि अहिले पानीको बहाव घटेको छ ।
यसैबीच, लमजुङको मर्स्याङ्दी नदीमा बाढी आएकाले नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।














प्रतिक्रिया दिनुहोस्