काठमाडौं, १७ भदौ । चीनले नेपालका बाढीपीडितका लागि उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको दोस्रो खेप काठमाडौं आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए)को वायुसेनाको विमानमार्फत मंगलबार साँझ राहत सामग्री काठमाडौं ल्याइएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
सोही उडानमार्फत चीनका पाँच जना डीएनए पहिचान विशेषज्ञसमेत नेपाल आएका छन् । उनीहरूले बाढीमा ज्यान गुमाएकाहरूको पहिचानमा सहयोग गर्नेछन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् । मन्त्री पुनसहित नेपाली प्रतिनिधिले चिनियाँ विशेषज्ञलाई स्वागत गरेका थिए ।
चीनबाट ल्याइएको राहत सामग्रीमा तत्काल आवश्यक ड्रोन, डीएनए परीक्षणका उपकरण, पानी शुद्धीकरण सामग्रीलगायत विभिन्न उपकरण रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्