काठमाडौं, भदौ १८ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४३ बालिका, २३६ महिला र ४०६ पुरुष छन्। त्यस्तै, ४२१ वटा आंशिक अंग र ८२ वटा लिङ्ग नखुलेका शव तथा अंग फेला परेका छन्।
हालसम्म फेला परेका शवमध्ये ८८२ जनाको शव जमिनमुनि व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अहिलेसम्म १ हजार ९२ शवको डीएनए नमुना संकलन गरिएको छ। त्यस्तै, बेपत्ता व्यक्तिका ५६३ आफन्तको डीएनए नमुना संकलन गरिएको छ। यससँगै कुल १ हजार ६५५ जनाको डीएनए नमुना संकलन भएको छ।
बाढीपछि अझै ४ हजार ८७५ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्तामध्ये ६०१ जना विदेशी नागरिक रहेको प्रहरीको विवरण छ।
प्रहरीले बेपत्ता तथा मृतकको पहिचानका लागि खोजी, शव व्यवस्थापन र डीएनए संकलनको काम जारी राखेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्