काठमाडौं, भदौ १८ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझसम्म विभिन्न जिल्लाबाट १ हजार २५९ जनाको शव फेला परेको हो।
सबैभन्दा धेरै चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ७२, धादिङमा ६० र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
फेला परेका शवमध्ये हालसम्म ९५ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ।
प्राधिकरणका अनुसार बाढीमा अझै ५ हजार ८३ जना सम्पर्कविहीन छन्। बेपत्तामध्ये ५८३ जना विदेशी नागरिक रहेका छन्।
बाढी प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म १२ हजार ८३ जना उद्धार गरिएको प्राधिकरणले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्