काठमाडौं, भदौ २० । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा तत्काल ठूलो बाढी आउने सम्भावना नरहेको जनाएको छ।
नुवाकोट र रसुवा क्षेत्रमा हिमताल विस्फोट भई पुनः बाढी आउन सक्ने भन्दै जानकारी माग्ने फोन अत्यधिक आउन थालेपछि महाशाखाले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो।
महाशाखाका अनुसार चिनियाँ समकक्षी निकायसँग नियमित सम्पर्कमा रही प्राप्त सूचनाको निरन्तर अनुगमन भइरहेको छ। हालसम्म प्राप्त विवरणका आधारमा तत्काल ठूलो बाढी आउन सक्ने अवस्था नदेखिएको जनाइएको छ।
महाशाखाले पुष्टि नभएका सूचना तथा हल्लाका आधारमा नआत्तिन र संयमित रहन आग्रह गरेको छ।
भोटेकोशीमा बाढीको सम्भावना देखिएमा सम्बन्धित निकायबाट पूर्वसूचना जारी गरिने पनि महाशाखाले जनाएको छ।














प्रतिक्रिया दिनुहोस्