काठमाडौं, भदौ २० । चितवनको रत्ननगरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका–९ टिकौली जंगलस्थित पूर्व–पश्चिम राजमार्गमा मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३८ वर्षीय राजकुमार दर्जीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ००४५ नम्बरको मिनी ट्रकले भरतपुरबाट टाँडीतर्फ आउँदै गरेको ना.३७ प ७०९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका दर्जीको उपचारका क्रममा आज बिहान साढे ६ बजे नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
प्रहरीले मिनी ट्रक चालक रुपन्देहीको गैडहवा गाउँपालिका–७ का ५० वर्षीय रामेश्वर खरवीन्द्रलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।














प्रतिक्रिया दिनुहोस्